लिखित जवाफ बोकेर चार पूर्वप्रधानन्यायाधीश पुगे सर्वोच्च अदालत – Nepal Press

लिखित जवाफ बोकेर चार पूर्वप्रधानन्यायाधीश पुगे सर्वोच्च अदालत

काठमाडौं। अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफसहित उपस्थित हुने आदेश अनुसार दुई साता पुग्दा पनि म्याद तामेल नभएपछि चार जना पूर्व प्रधानन्यायाधीशहरु आज आफैं म्याद बुझ्न सर्वोच्च अदालत पुगेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी,अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतमै म्याद बुझ्ने गरी लिखित जवाफ पेश गर्न सर्वोच्च पुगेका हुन् । उनीहरुले आजै वारेसका लागि निवेदन समेत दिएका छन् ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सडकबाट न्यायाधीशहरुलाई आफूहरुले भनेबमोजिम फैसला गर्न दबाब दिएको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

त्यसमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । यस्तै आदेश प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि दिइएको छ ।

अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानन्यायाधीशले आफैं उपस्थित भएर जवाफ दिएको सम्भवतः यो पहिलो घटना हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर