सरकार स्थापना दिवसको कार्यक्रम प्रचण्ड–माधव पक्षद्वारा बहिष्कार – Nepal Press
प्रदेश–१

सरकार स्थापना दिवसको कार्यक्रम प्रचण्ड–माधव पक्षद्वारा बहिष्कार

विराटनगर । प्रदेश सरकार स्थापना दिसको अवसरमा आयोजित समीक्षा कार्यक्रमलाई नेकपाको प्रचण्ड–माधव पक्षले बहिष्कार गरेको छ । कार्यक्रममा प्रदेशसभा सदस्य विद्या कार्कीबाहेक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट निर्वाचित सांसद पनि अनुपस्थित छन् ।

प्रदेश–१ सरकारको तीन वर्षे उपलब्धी सार्वजनिक गर्ने कार्यक्रममा जसपा र लोकतान्त्रिक मञ्चबाट निर्वाचित सांसद पनि गएका छैनन् । कार्यक्रममा नेकपाको ओली पक्षधर सांसद र कर्मचारीको मात्रै सहभागिता छ ।

नेकपाकै एक पक्ष र प्रतिपक्षी दलहरु सहभागी नभएपछि कार्यक्रमस्थलमा राखिका कुर्चीहरु खाली छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर