ला लिगामा भ्यालेन्सियामाथि रियल मड्रिडको सहज जित – Nepal Press

ला लिगामा भ्यालेन्सियामाथि रियल मड्रिडको सहज जित

एजेन्सी । करिम बेन्जिमाले सिजनको १७ औं गोल गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि २–० गोलको सहज जित हासिल गरेको छ । जितसँगै मड्रिड अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

सान्टियागो बर्नबाउमा घरेलु टोलीले सानदार खेल प्रदर्शन गरेको थियो । १२ आंैं मिनेटमै बेन्जिमाले खेलमा अग्रता दिलाएका थिए । उनले टोनी क्रुसको पासमा गोल गरेका हुन् ।

उनी क्रुसले पहिलो हाफ सकिनु ३ मिनेटअघि लुकास भाज्क्वेजको पासमा गोल गरी सहज स्थितिमा पुर्‍याए ।

दोस्रो हाफमा भ्यालेन्सियाले गोल गर्न सकेन । म्याक्सी गोमेजले थियावट कोर्टिअसलाई लक्षित गरी केहि प्रहार गरे पनि सफल भएनन् ।

यो जितपछि रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी ५ अंकमा झारेको छ । तर उसले २ खेल बढी खेलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *