भेटुवाल विवेकशील साझा पार्टीको सञ्चार विभाग सदस्यमा मनोनीत – Nepal Press

भेटुवाल विवेकशील साझा पार्टीको सञ्चार विभाग सदस्यमा मनोनीत

काठमाडौं । पत्रकार एवं सञ्चार उद्यमी उद्धवराज भेटुवाल विवेकशील साझा पार्टीको सञ्चार विभाग सदस्यमा मनोनीत भएका छन् । पार्टीको शनिवार बसेको केन्द्रीय समितिको बैठकले प्रकाशचन्द्र परियार प्रमुख रहने गरी गठन भएको ११ सदस्यीय सूचना, सञ्चार तथा प्रविधि विभागमा भेटुवाल सदस्य भएका हुन् ।

झण्डै डेढ दशक पत्रकारिता तथा सञ्चारकर्ममा बिताएका भेटुवाल पछिल्लो पाँच वर्षयता सञ्चार तथा प्रविधि उद्यमीका रुपमा पनि क्रियाशील छन् । पत्रकारिताका दौरान कुनै पार्टीगत प्रेस संगठनमा आवद्ध नभएका भेटुवालले पुरातनवादी राजनीतिक संस्कारलाई विस्थापित गर्न मूलधारकै राजनीतिमा क्रियाशील हुनुपर्ने भएकाले विवेकशील साझा पार्टीको मोर्चामा गोलबन्द भएको प्रतिक्रिया दिए ।

पत्रकारितामार्फत समाजका समस्या उजागर गर्न सकिने भए पनि त्यसको समाधान गर्न राजनीतिक संघर्ष नै गर्नुपर्ने भएकाले सक्रिय पत्रकारितालाई विट मार्दै वैकल्पिक र सुसंस्कृत राजनीतिको बाटो रोजेको उनको भनाइ छ । भेटुवालले उद्यम र राजनीतिलाई सँगै लिन सकेमात्र उत्पादनशील, इमानदार र सिर्जनशील राजनीति हुनसक्ने तर्क गरे ।

पार्टीको सञ्चार विभागमा हरिशप्रसाद भट्ट उपप्रमुख रहेका छन् । विभागमा पार्टीका प्रवक्ता शरदराज पाठक एवं व्यवस्थापन विभागका प्रमुख दीपकप्रसाद उप्रेती पदेन सदस्य रहेका छन् भने रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदिप रेग्मी, नरेश भण्डारी र मनन महर्जन सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर