निजामती सेवाका कर्मचारीलाई आजदेखि कोभिड-१९ खोप दिन थालिएको छ ।
आइतबारदेखि निजामती निजामती सेवाका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलगायतलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो ।
काठमाडौंमा निजामती सेवाअन्तर्गतका जिल्ला प्रशासन, मालपोत, नापी, हुलाक, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले बताइन् । त्यसैगरी प्रहरीहरूलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनले जानकारी दिइन् ।