नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर खरिद माग २२ लाख नाघ्यो, बेच्ने शून्य – Nepal Press

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर खरिद माग २२ लाख नाघ्यो, बेच्ने शून्य

काठमाडौं । आइतबारदेखि कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

दोस्रो बजारमा सेयर मूल्य ३४० रुपैयाँबाट कारोबार शुरु भएको बैंकको शेयर मूल्य शुरुमै १० प्रतिशत अर्थात ३४ रुपैयाँले बढेको छ ।

कारोबारको डेढ घण्टाको अवधिसम्ममा  कम्पनीको शेयर २२ लाख लाख २० हजार १८० कित्ता शेयर खरीद माग रहेको छ । बेच्नेको संख्या भने शून्य रहेको छ ।

कम्पनीको शुरुवाती मूल्य न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँ तोकिएको थियो । बैंकको २० करोड कित्ता सेयर बिहीबार नेप्सेमा सूचिकृत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर