चरित्रहत्या गर्ने विनयविरुद्ध सपना रोका मगरको जाहेरी, पक्राउ गर्ने प्रहरीको तयारी – Nepal Press

चरित्रहत्या गर्ने विनयविरुद्ध सपना रोका मगरको जाहेरी, पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । नांगो तस्वीर र भिडियो देखाइदिने भन्दै युट्युबमार्फत आफूलाई धम्की दिने विनयजंग बस्नेतविरुद्ध सपना रोका मगरले प्रहरीमा जाहेरी दिएकी छन् ।

यसै वर्ष बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनाको चरित्रहत्या गर्दै युट्युबका भाइरलम्यान बस्नेतले सार्वजनिक रूपमा धम्की दिएका थिए ।

सपनाको जाहेरी दर्ता भएको र बस्नेतलाई पक्राउ गर्नका लागि अदालतबाट पक्राउ पुर्जी लिन लागिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी अशोक सिंहले नेपाल प्रेस लाई बताए ।

आर्यघाटमा बेवारिसे शव जलाएर चर्चामा आएकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेतले अनेक ढंगले मानसिक यातना दिंदै आएको उनले बताएकी छन् । उनले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने गरेकी थिइन् ।

म्याग्दी घर भएकी सपना आफूसँगै बस्ने गरेको बस्नेतले बताएका थिए । पछिल्लो समय सम्बन्धमा तिक्तता आएपछि बस्नेतले सपनाको चरित्रहत्या गर्न थालेका थिए । बस्नेत उत्तेजक युट्युब कन्टेन्टहरुमार्फत भाइरल बन्ने गरेका छन् ।


प्रतिक्रिया

One thought on “चरित्रहत्या गर्ने विनयविरुद्ध सपना रोका मगरको जाहेरी, पक्राउ गर्ने प्रहरीको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर