काठमाडौंको शंखरापुर जंगलबाट भरुवा बन्दुक बरामद – Nepal Press

काठमाडौंको शंखरापुर जंगलबाट भरुवा बन्दुक बरामद

काठमाडौं । प्रहरीले शंखरापुर नगरपालिका-३ बोझिनीस्थित जंगलबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ३ जना अपरिचित व्यक्तिहरू फरार भएपछि खोजी गर्ने क्रममा भरुवा बन्दुक भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बन्दुक फ्याँकेर फरार भएकाहरूको खोजी कार्य भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर