दुवै पक्ष मिल्दा तुलसीपुर उद्योग वाणिज्य संघमा नेकपाको जित – Nepal Press

दुवै पक्ष मिल्दा तुलसीपुर उद्योग वाणिज्य संघमा नेकपाको जित

काठमाडौं । विभाजित नेकपाका दुवै पक्षलाई दाङका नेकपा निकट उद्योगी व्यवसायीले प्रष्ट सन्देश दिएका छन्, ‘मिलेर गयौ भने मात्र चुनाव जित्छौ ।’

केन्द्र देखि गाउँ तहसम्म पार्टी विभाजन भइसकेको अवस्थामा दाङको तुलसीपुर उद्योग वाणिज्य संघमा भने दुवै पक्ष मिलेर लड्दा चुनाव जितेका छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघमा पहिलो पटक नेकपा सम्बद्ध व्यवसायी अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा नेकपा निकट रामप्रसाद चालिसे निर्वाचित भएका हुन् । चालिसे नेकपाको कुनै पक्षमा खुलिसकेका छैनन् ।

आईतबार विहान सार्वजनिक भएको मतपरिणाम अनुसार संयुक्त व्यवसिायक प्यानलबाट उम्मेदवार बनेका चालिसे ८२९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेस सम्बद्ध प्रजातान्त्रिक प्यानलका हिमाल बस्नेत ९टेकन०ले ७९५ मत प्राप्त गरेका छन् ।

संघको पदाधिकारीमा संयुक्त व्यबसायीक प्यानलले अध्यक्षसहित बाणिज्य उपाध्यक्ष, खुल्ला उपाध्यक्ष, महासचिब, कोषाध्यक्षमा जित हासिल गरेको छ, भने प्रजातान्त्रिक प्यानलले उद्योग उपाध्यक्ष,सचिब र सहकोषाध्यक्षमा जितेको छ ।

खुल्ला उपाध्यक्षमा संयुक्त व्यबसायीक प्यानलका रुपबहादुर खत्री विजयी भएका छन् । उनले ८५६ मत प्राप्त गरेका छन्, भने उनका प्रतिद्वन्द्वी प्रजातान्त्रिक प्यानलका तुलसीराम न्यौपानेले ६९२ मत प्राप्त गरेका थिए ।

त्यस्तै बाणिज्य उपाध्यक्षमा संयुक्त व्यबसायीक प्यानलकै मिनराज भण्डारीले ९७१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गोकर्ण गिरीले ६०३ मत ल्याएका छन् । उनीहरुबीचका मतान्तर ३६८ रहेको छ ।

उद्योग उपाध्यक्षमा भने प्रजातान्त्रिक प्यानलका ललितजंग शाह बिजयी भएका छन् । उनले संयुक्त व्यबसायीक प्यानलका यज्ञबहादुर केसीलाई १४२ मतान्तरले पछि पारे ।

महासचिबमा संयुक्त व्यबसायिक प्यानलकै विनिल केसी र कोषाध्यक्षमा देवबहादुर केसी विजयी भए । सचिब र सह–कोषाध्यक्षमा प्रजातान्त्रिक प्यानलका खुशलराम शर्मा र कमल गौतम विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर