प्रेम साटासाट गरी आज विश्वभर प्रणय दिवस मनाइँदै – Nepal Press

प्रेम साटासाट गरी आज विश्वभर प्रणय दिवस मनाइँदै

काठमाडौं । आज फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । विश्वभर आपसमा प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ ।

आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको पूmल तथा विभिन्न उपहार आदानप्रदान गरी दिवस मनाउने गरिन्छ । क्रिष्चियन सन्त भ्यालेन्टाइनको नामबाट मनाउन थालिएको यो दिवस सुरुआत भएको सन् २६९ देखि हो ।

दिवस नेपालमा भने केहि वर्षयता मात्र चर्चित बनेको हो । युवा पुस्तामा बढी लोकप्रिय रहने यो दिवसका दिन नयाँ प्रेमी प्रेमिकालाई प्रेम प्रस्तावप राख्ने दिनका रुपमा पनि लिने गरिन्छ ।

रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक सेवामा अवरोध र शान्ति सुरक्षामा असर परेको भन्दै जनतालाई प्रेम, यौन र विवाहमा रोक लगाएका थिए । शासकको आदेश उल्लंघन गरी पादरी भ्यालेन्टाइने धमाधम विवाह गराइदिएपछि उनलाई मृत्युदण्डको घोषणा भएको थियो ।

सन् २६९ फेब्रुअरी १४ का दिन दिइएको मृत्युदण्डअघि पादरी भ्यालेन्टाइनले अन्तिम इच्छाको रुपमा आफ्नी प्रेमीकालाई प्रेमपत्र लेखेका थिए । त्यही दिनको सम्झनामा र उनीहरुको अमर प्रेमको सम्झनामा उनैको नामबाट मनाउन थालिएको प्रणय दिवस विश्वभर चर्चित बनेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर