१३ वर्षपछि नम्रता श्रेष्ठको ‘सानो संसार’ हलमा, भ्यालेन्टाइन डेमा रिलिज हुने – Nepal Press

१३ वर्षपछि नम्रता श्रेष्ठको ‘सानो संसार’ हलमा, भ्यालेन्टाइन डेमा रिलिज हुने

काठमाडौं । फिल्म हेरेर भ्यालेन्टाइन डे सेलिव्रेसन गर्ने तयारीमा हुनुहुन्छ भने खुशिको खबर छ । सन् २००८ को चर्चित नेपाली फिल्म ‘सानो संसार’ १३ वर्षपछि पुनः सिनेमा घरमा प्रदर्शन हुने भएको छ ।

निर्माता कम्पनी क्वेस्ट इन्टरटेनमेन्टले भ्यालेन्टाइन डेको अवसर पारेर फिल्मलाई आइतबार देशब्यापी रिलिज गर्न लागेको हो । क्यूएफएक्स लगायतका मल्टिप्लेक्समा कर्मा, नम्रता श्रेष्ठ, नीर शाह र विनय श्रेष्ठ स्टारर फिल्म रिलिज हुने भएको हो ।

मल्टिप्लेक्समा निकै रुचाइएको र फिल्ममा डिजिटल ट्रेन्ड विकास हुँदा बेलाको यो फिल्मलाई समिक्षकले पनि रुचाएका थिए । नेपाल प्रेसले पनि भ्यालेन्टाइन डेमा हेर्न सकिने उत्कृष्ट १० फिल्मको सूचिमा यसलाई समेटेको थियो ।

रवि र ऋतु निकै मिल्ने साथी हुन् तर, वास्तविक जीवनमा एकअर्काले घृणा गर्ने परिस्थितीमा उनीहरुको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने चित्रण यसमा छ । २ घन्टा २४ मिनेट लामो फिल्मलाई दिवंगत आलोक नेम्वाङले निर्देशन गरेका हुन् । फिल्मलाई रोमान्टिक कमेडी जनरामा राखिएको छ ।

अहिले नेपाली फिल्म हलमा डिज्नेको सुपरहिरोइन फिल्म ‘मुलान’, भारतको मास्टर, हलिउडको मन्स्टर हन्टर लगायतका फिल्म प्रदर्शन भैरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर