बीआरआइमा नेपालको संलग्नताबारे भारतीय सेनापति असन्तुष्ट, भन्छन्- बीआरआइ क्षेत्रीय सुरक्षालाई खतरा – Nepal Press

बीआरआइमा नेपालको संलग्नताबारे भारतीय सेनापति असन्तुष्ट, भन्छन्- बीआरआइ क्षेत्रीय सुरक्षालाई खतरा

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले चीनको महत्वाकाङ्क्षी सडक संजाल परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) इन्डो-प्यासेफिक क्षेत्रको सुरक्षामा खतरा भएको बताएका छन् ।

आसाम राइफल युनाइटेड सर्भिसको संयुक्त बार्षिक समारोहमा बोल्दै नरवाणेले बीआरआइ परियोजना क्षेत्रीय सुरक्षाका लागि चुनौतिको रुपमा आएको बताए । उनले नेपाल र बंगलादेशको नामै लिएर बीआरआइ परियोजनामा दुई भारतीय छिमेकीको संलग्नताप्रति असन्तोष व्यक्त गरे ।

‘चीनको युद्धकालिन मनस्थितीले सिंगो इन्डो–प्यासिफिकको क्षेत्रीय सुरक्षा वातावरणलाई खलबल्याएकोे छ । जसले गर्दा यो क्षेत्रमा रहेका मुलुकलाई कमजोर बनाउने र क्षेत्रीय असुरक्षा सिर्जना गर्ने चुनौति छ । क्षेत्रीय असमानता र अस्थितरतालाई लिएर चीन र अमेरिकाबीच बढ्दो दुस्मनी एउटा उदाहरण हो’ उनले भने ।

उनले नेपाल भारतको परम्परागत मित्र राष्ट्र भएको बताउँदै पछिल्लो समय चिनियाँ लगानी ह्वात्तै बढेको र राजनीतिक अस्थिरताको चरणबाट नेपाल गुज्रिएको बताए ।

संसद विघटनपछि नेपालमा उत्पन्न राजनीतिक विकासक्रमप्रति लक्षित गर्दै नरवाणेले यस्तो प्रतिक्रिया दिएको भारतीय न्यूजपोर्टल डीएनएले उल्लेख गरेको छ । उनले बंगलादेशसँग भारतीय सम्बन्धमा पनि उतारचढाव आएको बताए ।


प्रतिक्रिया

One thought on “बीआरआइमा नेपालको संलग्नताबारे भारतीय सेनापति असन्तुष्ट, भन्छन्- बीआरआइ क्षेत्रीय सुरक्षालाई खतरा

  1. नेपाल किन चीनतिर जान वाध्य भयाे भन्ने कुरा नरवाने साबले पक्कै बताएनन् हाेला ।

Leave a Reply to बाबुराम Cancel reply

Your email address will not be published. Required fields are marked *