रक्षासिंह राणासहित दर्जन फिल्मकर्मी कांग्रेस प्रवेश – Nepal Press

रक्षासिंह राणासहित दर्जन फिल्मकर्मी कांग्रेस प्रवेश

काठमाडौं । चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणासहित एकदर्जन फिल्मकर्मी नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुढानिलकण्ठमा आयोजित समारोहमा पार्टी सभापति शेरबहादुर देउवाले फूलमाला लगाएर उनीहरुलाई भित्राए ।

कांग्रेस प्रवेश गर्नेहरुमा राणासहित फिल्म वितरक गोपाल कायस्थ, अभिनेत्री रिस्ता बस्नेत, द्वन्द्व निर्देशक एनबी महर्जन, प्राविधिक संघका पूर्वअध्यक्ष सन्तु तामाङ, पत्रकार विजयरत्न तुलाधरसहित अन्य फिल्मकर्मी छन् ।

वितरक गोपाल कायस्थ (बायाँ), प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बीचमा र चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा ।

फिल्म निर्माता छवि ओझा कांग्रेस प्रवेश गर्ने भनिएपनि उनी कार्यक्रममा गएनन् । पार्टीमा प्रवेश गराउँदै सभापति देउवाले देश निर्माणमा कलाकारको योगदान महत्वपूर्ण हुने बताए । पार्टी प्रवेश कार्यक्रममा कांग्र्रेस नेता प्रकाशशरण महत र प्राविधिक संघका पुष्कर लामा पनि सहभागि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर