रामचन्द्र पौडेलको भिडियो अपिल: मुलुकलाई निरकुंशतातर्फ धकेल्न संसद भंग गरिएको पुष्टि भयो – Nepal Press

रामचन्द्र पौडेलको भिडियो अपिल: मुलुकलाई निरकुंशतातर्फ धकेल्न संसद भंग गरिएको पुष्टि भयो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशतातर्फ लैजानका लागि प्रतिनिधि सभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टि हुँदै गएको बताएका छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका लागि आम नागरिकलाई भिडियो आपिल गर्दै पौडेलले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद भंग भएको पुष्टि हुँदै गएको बताए ।

उनले सरकार एकपछि अर्को गर्दै निरकुशंता तर्फ पाइला चाल्दै गएको बताएका छन् । सरकारले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुशंतामा बाटोमा धकेल्नका लागि संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले ससक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताएका छन् ।

पौडेलले भिडियो अपिलमा सम्पुर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले आयोजना गरेको फागुन ३ गते ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागि हुन आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर