मर्नबाट बाँचेका मान्छेहरू वलिदानका लागि तयार हौं: प्रचण्ड – Nepal Press

मर्नबाट बाँचेका मान्छेहरू वलिदानका लागि तयार हौं: प्रचण्ड

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा १० वर्षे माओवादी जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धका उपलब्धि गुम्ने खतरा भएको भन्दै वलिदानका लागि तयार हुन आह्वान गरेका छन् ।

प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयुद्धको उपलब्धि गुम्ने खतरा रहेको बताए ।

प्रचण्डले भने- हाम्रै आँखा अगाडि जनयुद्धका योद्धा र लाखौं जनताको पहलबाट प्राप्त उपलब्धि कुल्चिने दुस्प्रयास भएको छ । हामी सहन सक्छौं त ? आज हामीले नयाँ संकल्पन गर्ने अवसर पनि हो । तिनीहरूको बलिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं । जरुरी परे हामी जो मर्नबाट बाँचेका छौं, जरुरी परे फेरि बलिदान हुन तयार बनौं ।

पूर्व प्रधानमन्त्री प्रचण्डले आफूहरू मर्नबाट बाँचेका मान्छौं हौ भन्दै संविधानमाथि घात भएको यो बेला फेरि मर्न परे पनि तयार हुने बताए ।


प्रतिक्रिया

2 thoughts on “मर्नबाट बाँचेका मान्छेहरू वलिदानका लागि तयार हौं: प्रचण्ड

Leave a Reply to शेखर Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर