मुचोभा अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनलमा – Nepal Press

मुचोभा अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनलमा

काठमाडौं । चेक गणतन्त्रकी क्यारोलिना मुचोभा वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको महिला सिङ्गलतर्फ प्री–क्वार्टरफाइनलमा पुगेकी छन् ।

विश्व बरियताको २५औं स्थानमा रहेकी मुचोभाले आफ्नै देशकी क्यारोलिना प्लिस्कोभालाई ७–५, ७–५ को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेकी हुन् ।

क्वार्टरफाइनल प्रवेशका लागि मुचोभाले बेलिन्डा बेन्सिक र इलिज मर्टेन्सबीचको विजेतासँग खेल्नेछिन् । यसअघि पहिलो चरणमा लात्भियाकी जेलेना ओस्तापेन्कोलाई ७–५, ६–२ को सोझो सेटमा पराजित गरेकी मुचोभाले दोस्रो चरणमा जर्मनीकी मोना बार्थेललाई ६–४, ६–१ को नतिजामा स्तब्ध पारेकी थिइन् ।

आफूभन्दा १६ स्थानमाथि रहेकी प्लिस्कोभालाई पराजित गरेकी मुचोभा पहिलो पटक अस्ट्रेलियन ओपनको दोस्रो चरणभन्दा अगाडि पुगेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *