बलात्कारविरुद्ध नागरिक रोष : सडकमा युवतीको ‘जिउँदो लाश’ – Nepal Press

बलात्कारविरुद्ध नागरिक रोष : सडकमा युवतीको ‘जिउँदो लाश’

विजय गजमेर २०७७ माघ ३० गते २०:४७
२०७७ माघ ३० गते २०:४७

नागरिक आन्दोलनका नाममा राजधानीमा दिनहुँ थरि-थरि प्रदर्शनहरु भइरहेका छन् । शुक्रबारको एउटा प्रदर्शनमा भने अनौठो दृष्य देखियो ।

प्रदर्शनकारीकै हुलबीच सेता वस्त्र पहिरिएका केही महिला पुरुषले एक युवतीको ‘लाश’ बोकेर हिँडिरेहका थिए । महिलामाथिको बढ्दो हिंसा र बलात्काको विरोध गर्दै बृहत नागरिक आन्दोलनको अगुवाइमा गरिएको ‘सिंहदरबार महिला मार्च’ वसन्तपुरबाट शुरू भएर रत्नपार्क हुँदै सिंहदरबारको मूलगेटसम्म आएको थियो ।