डिफेन्डिङ च्याम्पियन जोकोभिच अस्ट्रेलियन ओपनको प्री- क्वार्टरफाइनलमा – Nepal Press

डिफेन्डिङ च्याम्पियन जोकोभिच अस्ट्रेलियन ओपनको प्री- क्वार्टरफाइनलमा

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार मेलब्रोनमा भएको तेस्रो चरणको खेलमा टेलर फ्रिट्जलाई ७–६ (७–१), ६–४, ३–६, ४–६, ६–२ को नतिजामा पराजित गर्दै १७ पटकका ग्राण्डस्लाम च्याम्पियन जोकोभिच चौथो चरणमा प्रवेश गरेका हुन् ।

पहिलो चरणमा फ्रान्सेली खेलाडी जेरेमी चार्डीलाई ६–३, ६–१, ६–२ को नतिजामा पराजित गरेका जोकोभिचले दोस्रो चरणमा अमेरिकी खेलाडी फ्रान्सेस टियाफोलाई ६–३, ६–७ (३–७), ७–६ (७–२), ६–३ को नतिजामा स्तव्ध पारेका थिए ।

सर्बियन जोकोभिचले क्वार्टरफाइनल प्रवेशका लागि क्यानडियन खेलाडी मिलोस राओनिकसँग प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *