चन्द्रपुरविरुद्ध पुलिसको सहज जित – Nepal Press

चन्द्रपुरविरुद्ध पुलिसको सहज जित

काठमाडौं । नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा शुक्रबार चन्द्रपुर नगरपालिकालाई ३-० गोलको नतिजामा पराजित गरेको छ । जितसँगै पुलिसले शीर्ष तीनमा रहेर सिजन सक्काउने आशा जिवितै राखेको छ ।

पुलिस र वालिङ नगरपालिकाको समान ११ अंक छ । तर, ‘हेड टु हेड’ का आधारमा वालिङ तेस्रो स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको सातौँ मिनेटमा सृजना खड्काले पुलिसका लागि पहिलो गोल गरेकी थिइन् ।

सृजनाको गोलसँगै पहिलो हाफमा १(० ले अगाडि रहेको पुलिसका लागि निर्मला विकले ५४औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् ।

निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी रहँदा रेखा पौडेलले तेस्रो गोल गर्दै पुलिसको जित सुनिश्चित गरिन् ।जितसँगै पुलिसले ९ खेलबाट ११ अंक जोडेको छ भने पराजित चन्द्रपुर ६ अंकसहित तालिकाको छैठौ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर