टिम टेनिस नेपाल इनअगरल जुनियर प्रिमियर टेनिस प्रतियोगिता फागुन २ देखि


काठमाडौं । टिम टेनिस नेपालको आयोजनामा हुन लागेको टिम टेनिस नेपाल इनअगरल जुनियर प्रिमियर टेनिस प्रतियोगिता फागुन २ गतेदेखि ७ गतेसम्म धापाखेलमा हुने भएको छ ।
आयोजक टिम टेनिस नेपालले शुक्रबार पत्रकार सम्मलेनको आयोजना गर्दै प्रतियोगितामा यु-८, यु-९, यु-१०, यु-१२, यु-१४ र यु-१६ उमेर समूहमा हुने जानकारी दिएको छ ।
यु-९ उमेर समूहमा ब्वाइज/गर्ल्स र डबल्समा खेल हुनेछ । यु-९को डबल्स प्रतिस्पर्धा नेपालमै पहिलो पटक हुन लागेको आयोजकले दाबी गरेको छ ।
त्यस्तै, यु-८ देखि यु-१६ मा सहभागीहरूको खुल्ला डबल्समा पनि स्पर्धा हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा अनुमानित १ सय २९ खेलाडीको सहभागिता रहने र १ लाख ५० हजार खर्च हुने आयोजकले जानकारी दिएको छ ।