प्रचण्ड-माधव पक्षले ‘जनयुद्ध’ दिवस मनाउने – Nepal Press

प्रचण्ड-माधव पक्षले ‘जनयुद्ध’ दिवस मनाउने

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवार जनयुद्ध दिवस मनाउने भएको छ ।

सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाइएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।

शहीद स्मृति तथा समान्न कार्यक्रम बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको उनले जानकारी दिए । सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने उनले बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने निश्चित रहे पनि अर्का अध्यक्ष माधव नेपाल धनकुटामा रहेकाले सहभागिता नहुने भएको छ । यद्यपि कार्यक्रम भने सल्लाह गरेरै राखिएको ढकालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर