कोरोना कहरको मारमा परेको ल्होसार (तस्बिरहरू) – Nepal Press
कोरोना कहरको मारमा परेको ल्होसार (तस्बिरहरू)
निशान्त सिंह गुरुङ्ग २०७७ माघ ३० गते १३:५९
२०७७ माघ ३० गते १३:५९

काठमाडौं। देशभरका तामाङ समुदायले आज विशेष वर्ष सोनाम ल्होसार मनाउँदैछन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने चाड तामाङ जातीको मुख्य पर्व हो ।

कोरोना महामारीको जोखिमका कारण यस वर्ष विगतमा जस्तो टुँडिखेलमा संस्कृति झल्किने वृहत कार्यक्रम गरिएन । काठमाडौंको बौद्ध क्षेत्रमा भने केही चहलपहल देखियो ।

तामाङ समुदायमा इष्ट देवता मन्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको यो ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाइँन्छ ।

यो दिन तामाङ समुदायको नयाँ वर्ष पनि हो । मन्जुश्री पात्रोअनुसार आजदेखि घोडा वर्ष शुरू भएको छ ।

सोनाम ल्होसारका लागि सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।