बिहारका मुख्यमन्त्री र नेपाली राजदूतबीच भेटवार्ता – Nepal Press

बिहारका मुख्यमन्त्री र नेपाली राजदूतबीच भेटवार्ता

दिल्ली । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र विहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता भएको छ ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने र सहयोग आदानप्रदान गर्नेबारे छलफल भएको आचार्यले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

भेटमा राजदूत आचार्यले मुख्यमन्त्रीलाई पशुपतिनाथको तस्विर प्रदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *