सेरेना विलियम्स अस्ट्रेलियन ओपनको प्री–क्वाटरफाइनलमा – Nepal Press

सेरेना विलियम्स अस्ट्रेलियन ओपनको प्री–क्वाटरफाइनलमा

काठमाडौं । २४ पल्ट ग्राण्डस्लाम उपाधिको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा रहेकी अमेरिकी टेनिस स्टार सेरेना विलियम्स अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छन् ।

मेलवर्नमा शुक्रबार भएको तेस्रो चरणको खेलमा रुसी खेलाडी एनेस्तेसिया पोटापोभालाई ७–६ (५–७), ६–२ को सेटमा पराजित गर्दै २३ पटककी ग्राण्डस्लाम च्याम्पियन विलियम्स प्री–क्वाटरफाइनलमा पुगेकी हुन् ।

दशौं बरियताकी सेरेना पहिलो चरणमा जर्मन खेलाडी लौरा सिग्मण्डलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेकी थिइन् ।

दोस्रो चरणमा सर्बियाकी निना स्टोजानोभिचलाई ६–३, ६–० को नतिजामा पराजित गरेकी सेरेनाले क्वाटरफाइनल प्रवेशका लागि सातौं बरियताकी आर्यना सबालेन्कासँग प्रतिस्पर्धा गर्नेछिन् ।

सेरेनासँगै स्पेनिस खेलाडी गार्बिन मुगुरुजा पनि काजकस्तानकी जरिना डियाजलाई ६–१, ६–१ को नजितामा पराजित गर्दैै चौथो चरणमा पुगेकी छन् । वर्षको पहिलो ग्राण्डस्लामकी साविक विजेता सोफिया केनिन् दोस्रो चरणबाटै बाहिरिसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *