अटो रिक्सा दुर्घटनामा चालकको मृत्यु – Nepal Press

अटो रिक्सा दुर्घटनामा चालकको मृत्यु

कैलाली । कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राती भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर