नेकपाको झगडा सिद्धान्तको होइनः कमल थापा – Nepal Press

नेकपाको झगडा सिद्धान्तको होइनः कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा भित्र देखिएको झगडा सिद्धान्तको नभई पद, कुर्सी र भागबन्डाको झगडा भएको बताएका छन् ।

आज मकवानपुरको मनहरी गाउँ पालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश निर्माणको बिषयमा केन्द्रीत हुनुपर्ने समयमा कुर्सी र शक्तिको लागि झगडा गरेर मुलुकलाई बर्बादिको अँध्यारो सुरुङ्गमा फसाएकोमा आक्रोश ब्यक्त गरे।

नेकपा र नेपाली काङ्ग्रेसको असफलताले भ्रष्टाचार र कुशासनको दलदलमा मुलुक भासिएको चर्चा गर्दै थापाले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस कर्तव्य बिमुख र निरीह रहेको समेत उनले बताए।

मुलुकमा अहिले भ्रष्टाचार , कुशासन, धर्म परिबर्तन र बेरोजगारी समस्या डरलाग्दो महारोगको रुपमा देखिएको बताउदै लोकतन्त्रको लागि अब कहिल्यै लड्नुपर्दैन, राजा हटाउपछि लोकतन्त्र मजबुत हुन्छ भन्नेहरु नै आज लोकतन्त्रमाथी खतरा भयो भन्दै कराउदै हिडेको बताए।

राजसंस्था विकास र प्रजातन्त्रको बाधक नभएको भन्दै थापाले व्यबहार र चरीत्रमा प्रजातान्त्रिक हुनुपर्नेमा थापाले जोड दिए । धतुरो रोपेर आँप नफल्ने भन्दै थापाले ०६२/०६३ को आन्दोलनको मार्गचित्र त्रुटिपूर्ण भएको जिकिर गरे।

राप्रपालाई काङ्ग्रेस कम्युनिस्टको विकल्पको रुपमा राष्ट्रबादी शक्ति बनाउनको लागि संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाले आग्रह गरे ।

केन्द्रीय कार्य सम्पादन समितिका सदस्य मधु अधिकारिले सत्ताको लोभले मुलूक र जनताले दुख पाउनु दुर्भाग्यपूर्ण भएको बिचार ब्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर