तीन सम्पदा पुननिर्माणका लागि भारतले १४ करोड उपलब्ध गराउने – Nepal Press

तीन सम्पदा पुननिर्माणका लागि भारतले १४ करोड उपलब्ध गराउने

काठमाडौं । नेपालका तीन सांस्कृतिक सम्पदा पुननिर्माणका लागि भारतले १४ करोड २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

भारतीय दुतावासले विहिबार विज्ञप्ती जारी गर्दै सेतो मछिन्द्रनाथ मन्दिर, बुढानिलकण्ठ धर्मशाला र कुमारी निवासको पुनस्र्थापनाका लागि रकम प्रदान गर्ने उल्लेख गरेको हो ।

दुतावासका परियोजना निर्देशक एवं ठेकेदारले ठेक्का सम्झौतामा विहिबार हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा ललितपुरका मेयर, बुढानिलकण्ठ मन्दिरका मठाधीश, उपभोक्ता समितिका प्रतिनिधि लगायत सहभागि थिए ।

भूकम्पपछि सम्पदा संरक्षण तथा पुनस्र्थापनाका लागि भारतले नेपालसँग गरेको सम्झौता अनुरुप निर्माण भैरहेका सम्पदा भित्रै यी तीन सम्पदा समावेश छन् । नेपालका ८ जिल्लामा सम्पदा पुननिर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर प्रतिबद्धता गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *