रामकुमारी झाँक्री रिहा, जनताको दबाबले छाड्न बाध्य भएको प्रतिक्रिया – Nepal Press

रामकुमारी झाँक्री रिहा, जनताको दबाबले छाड्न बाध्य भएको प्रतिक्रिया

काठमाडौं । प्रहरीले विघटित प्रतिनिधिसभा सदस्य तथा प्रचण्ड-माधव नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।

करीब ६ घण्टा अपराध महाशाखामा राखिएपछि उनलाई रिहा गरिएको हो । आफूलाई कसैले जिम्मा लिनु नपर्ने भन्दै उनी रिहा भएर निवासतर्फ लागेकी छन् ।

कार्यकर्ता झाँक्रीको रिहा पछि उनको पक्षमा नारावाजी गरिरहेका थिए । उनी राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी थिइन्।

उनलाई राज्य विरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर