टोपबहादुर रायमाझीको आरोप- प्रचण्ड माधव समूहले कुप्रचार गर्दैछ – Nepal Press

टोपबहादुर रायमाझीको आरोप- प्रचण्ड माधव समूहले कुप्रचार गर्दैछ

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-माधव समूह निराश भएपछि पूर्वमाओवादीका मन्त्रीहरूले केपी ओलीको साथ छाड्न लागेको भनी कुप्रचारमा उत्रिएको टिप्पणी गरेका छन् ।

रायमाझीको सचिवालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत केही मिडिया र सामाजिक संजालमा गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री रायमाझीको सन्दर्भ जोडेर गरिएका प्रचारमा प्रचण्ड-माधव पक्षको हात रहेको आरोप लगाएको हो ।

विभाजित नेकपाका अध्यक्ष प्रचण्डले बुधवारको आमसभामा पूर्व माओवादी पक्षका दुई मन्त्री आफूसँग वार्तामा रहेको र उनीहरुले चाँडै ओली सरकार छाड्ने बताएका थिए । रायमाझीको सचिवालयले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएपछि पार्टीमा संकट पैदा भएको भन्दै यसबीचमा फैलाउन खोजिएका भ्रमको पछि नलाग्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री टोपवहादुर रायमाझी प्रचण्ड-माधव समूहमा आउँदैछन् भनी गरिएको कु-प्रचार निराशा भएपछिको उपज हो भन्ने हामी ठान्दछौं । दूरदर्शी, लोकप्रिय कार्यहरूबाट आतालिएर मुलधारभन्दा बाहिर सडकमा रहेका र पदबिना रहनै नसक्ने केही नेताहरू र उहाँहरुबाट सञ्चालित केही मिडिया र सामाजिक संजालहरूमा आम जनतामा भ्रम फैलाउन गरी गरिएको दुस्प्रचारप्रति खेद व्यक्त गर्दछौं ।’


प्रतिक्रिया

One thought on “टोपबहादुर रायमाझीको आरोप- प्रचण्ड माधव समूहले कुप्रचार गर्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर