बिगबोस प्रतियोगी रोहित नेपाली फिल्म खेल्दै, ‘तिमीसँगै हुने मन छ’मा अनुबन्धित – Nepal Press

बिगबोस प्रतियोगी रोहित नेपाली फिल्म खेल्दै, ‘तिमीसँगै हुने मन छ’मा अनुबन्धित

भारतीय टेलिभिजन अभिनेता एवं रियालिटी सो बिगबोसका प्रतियोगी रोहित सुचान्तीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । दिवाकर भट्टराईले निर्माण एवं निर्देशन गर्न लागेको फिल्म ‘तिमीसँगै हुने मन छ’मा रोहितलाई लिड-मेलमा देख्न पाइने भएको छ ।

फिल्ममा रोहितले दीपिका प्रसाईसँगै अनस्क्रिन रोमान्स गर्ने भएका छन् । चैतको पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मका अन्य कलाकार भने चाँडै तय गरिने निर्देशक भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । दीपिका यसअघि नै लिडलेडीमा फाइनल छिन् ।

ओमनमः शिवाय ब्यानरमा निर्माण हुने फिल्म प्रेमकथामा आधारित हुनेछ । निर्देशक भट्टराईले प्राविधिक टीम पनि मुम्बईबाट ल्याउने योजना बनाएका छन् । चर्चित भारतीय टिभी सिरियल सास बिना ससुरालमा बाल कलाकारको रुपमा अभिनय सुरु गरेका सुचान्तीले स्टार प्लसको साथ निभाना साथियामा पनि अभिनय गरेका छन् ।

अक्टोबर २०१८ मा उनलाई बिगबोसको १२ औं सेकेन्ड वाइल्डकार्ड इन्ट्री प्रतियोगीको रुपमा देखिएको थियो । एमटीभी इन्डियाको वारियर हाइमा पनि उनलाई देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *