रामकुमारीलाई अदालत उपस्थित गराउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता (रिटसहित) – Nepal Press

रामकुमारीलाई अदालत उपस्थित गराउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता (रिटसहित)

आइतबारलाई पेसी तोकियो

काठमाडौं । प्रहरी हिरासतमा रहेकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।

प्रहरीले उनलाई राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरेलगत्तै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

अधिवक्ता गुणराज आचार्यले अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत प्रहरीले पक्राउ गरेको हुनाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्दै रिट हालेका हुन् ।

यसैबीच रिटको सुनुवाइ गर्न सर्वोच्चले आइतबारलाई पेसी तोकेको छ ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई आज पक्राउ गरेको थियो । उनीमाथि राज्यविरुद्धको कसुर गरेको आरोपसहित पक्राउ गरिएको हो ।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *