विप्लवसहितको चारदलीय मोर्चाद्वारा संसद विघटनविरुद्ध आन्दोलनको घोषणा – Nepal Press

विप्लवसहितको चारदलीय मोर्चाद्वारा संसद विघटनविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार पार्टीको मोर्चा निर्माण भएको छ ।

उक्त रणनीतिक मोर्चाले पहिलो चरणको आन्दोलनको आज घोषणा गर्यो । काठमाडौंमा आयोजित घोषणा सभामा पहिलो चरणको आन्दोलनअन्तर्गत विभिन्न तीन क्षेत्रीय शहरमा जनसभा गर्ने जानकारी दिइयो ।

जसअनुसार मोर्चाले जारी गरेको घोषणा वक्तव्यअनुसार फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा सभा आयोजना गरिनेछ ।

नवगठित मोर्चामा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र ऋषि कट्टेलकाे नेकपा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर