इन्फ्रास्ट्रक्चर बैंकको शेयर सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार – Nepal Press

इन्फ्रास्ट्रक्चर बैंकको शेयर सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र धितोपत्र बोर्डबीच बिहीबार शेयर सूचीकरण सम्बन्धी सम्झौता भएको छ । नेपाल स्टक एक्सचेञ्जमा इन्फ्रास्ट्रक्चर बैंकको शेयर आइतबारबाट कारोबार हुनेगरी धितोपत्रबोर्डले सूचीकृत गरेको हो । स्टक एक्सचेञ्जले निफ्राको पहिलो सेयर कारोबारको रेन्ज ११३.६२ देखि ३४०.८६ रुपैयाँ तय गरेको छ।

धितोपत्रले सूचीकरण गरेको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार हुनेछ । कम्पनीको २० करोड कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *