माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो – Nepal Press

माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो

निशान्त सिंह गुरुङ्ग २०७७ माघ २९ गते १३:११
२०७७ माघ २९ गते १३:११

पौष शुक्ल पूर्णिमाबाट शुरु भएको माधवनारायण मेलाका ब्रतालुहरु पशुपतिनाथमा आइपुगेका छन् । नेपाल संवतको आठौँ शताब्दीदेखि एकमहिने यो मेला शुरु भएको थियो ।

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला देशभरका पवित्र नदी तलाउ र घाटहरुमा पनि लाग्ने गरेको छ ।

आराध्यदेव पशुपतिनाथमा भक्तालुहरुले विहानै वागमतीमा स्नान गरेर माधवनारायणको व्रत बसेका छ । माधवनारायणको व्रत बसेका भक्तालुहरु आज विहान पशुपतिनाथ पुगेपछि आर्यघाटमा शवदाह कार्य बन्द गरिएको छ । भष्मेश्वरतर्फ भने शव जलाइन्छ ।