दुई भारतीय नागरिकको सगरमाथा आरोहण प्रमाणपत्र रद्द – Nepal Press

दुई भारतीय नागरिकको सगरमाथा आरोहण प्रमाणपत्र रद्द

काठमाडौं । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले दुई जना भारतीय नागरिकलाई प्रदान गरेको सगरमाथा आरोहणको प्रमाणपत्र बुधबार रद्द गरेको छ ।

सन् २०१६ मा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानी गोस्वामीले सरमाथाको सफल आरोहण गरेको भनि झुठा विवरण पेश गरेको प्रमाणित भएपछि उनीहरुलाई प्रदान गरेको प्रमाण पत्र रद्द गरिएको हो ।

उनीहरुले २०१६ को शरद ऋतुमा सगरमाथा चढेको तस्वीरसहित दावी गरेका थिए । नेपालले उनीहरुलाई २०१६ को मे २० देखि ६ वर्षसम्मका लागि पर्वतआरोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाएको हो ।

पर्वतारोहण सम्बन्धि प्रबन्ध मिलाउने संस्था सेभेर समिट ट्रेक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । सम्पर्क अधिकृत पवन कुमार घिमिरेको हकमा कर्तव्य पूरा नगरेको एवम निजामति सेवा ऐन अनुसार चेतावनी दिने समेत मन्त्रालयले निर्णय गरेको छ ।

साथै सगरमाथा आरोहण नगरेका नरेन्द्र सिंहलाई सगरमाथा आरोहण गरेका हुन भनि २०७७ पुस ९ गते झुठा कागज गरिदिने क्लाइमिङ सहयोगी शेर्पा डा दावा शेर्पालाई १० हजार रुपैयाँ जरिवाना गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *