राज्यविरुद्ध अपराध गरेको आरोपमा झाँक्रीलाई पक्राउ पुर्जी थमाइयो (पुर्जीसहित) – Nepal Press

राज्यविरुद्ध अपराध गरेको आरोपमा झाँक्रीलाई पक्राउ पुर्जी थमाइयो (पुर्जीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी थमाएको छ ।

राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ गर्न उनलाई पुर्जी दिइएको हो । रामकुमारीले पक्राउ पुर्जी विना गिरफ्तारी नदिने अडान लिएकी थिइन् । अहिले उनले गिरफ्तारी दिने विषयमा छलफल गरिरहेकी छन् ।

उनलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ पुर्जी थमाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर