राकिटिचले पूर्व क्लबबिरुद्ध गोल गरेपछि सेभियासँग हार्‍यो बार्सिलोना – Nepal Press

राकिटिचले पूर्व क्लबबिरुद्ध गोल गरेपछि सेभियासँग हार्‍यो बार्सिलोना

एजेन्सी । इभान राकिटिचले आफ्नो पूर्व क्लबबिरुद्ध गोल गरेपछि कोपा डेल रे को सेमिफाइनल पहिलो लेगमा सेभियाले बार्सिलोनालाई २–० गोलले पराजित गरेको छ ।

सेभियाका लागि सुरुआती गोल जुलेस कोन्डेले गरेका थिए । २५ औं मिनेटमा कोन्डेले शानदार गोल गर्ने क्रममा आफ्नो पेनाल्टी एरियाबाट बार्सिलोनाका चार खेलाडीलाई बीट गरी गोलरक्षक मार्क टर स्टेगेनलाई पनि छक्याएका थिए ।

बार्सिलोनाबाट ११ ट्रफी जितेर गएको अगष्टमा सेभिया गएका राकिटिचले ८५ औं मिनेटमा गोल गरेका हुन् । खेलको अन्त्यतिर लियोनल मेस्सीले गोलको अवसर पाएका थिए चर सेभियाका गोलरक्षक बोनोले जोगाए ।

जुलेन लोपेटेगी प्रशिक्षित सेभियाले सेमिफाइनलमा जितको आशा गर्न लागेको छ । पहिलो लेगमा गोल नखानु उसका लागि निकै नै फाइदाजनक हुनेछ । दोस्रो लेग मार्च ३ मा हुनेछ ।

तीन वर्षअघिको फाइनलमा बार्सिलोनाले सेभियालाई ५–० ले हराएको थियो । अर्को सेमिफाइनल एथ्लेटिक विल्बाओ र लेभान्टेबीच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर