पेट्रोलियम पदार्थमा २ रुपैयाँ मूल्यवृद्धि, ग्याँसको पनि बढ्यो – Nepal Press

पेट्रोलियम पदार्थमा २ रुपैयाँ मूल्यवृद्धि, ग्याँसको पनि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोल, डिजल तथा मट्टीतेलको साविक मूल्यमा दुई रुपैयाँ बढाइएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु ११२ तथा डिजल र मट्टीतेलको रु ९५ तिर्नुपर्ने भएको छ । यस्तै एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य रु. २५ ले बढाएर काठमाडौंका लागि रु १४०० रुपैयाँ कायम गरिएको छ भने हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।

अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । पछिल्लो समय स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसक्दा निगम घाटामा गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *