आगामी निर्वाचनका सुरक्षा चुनौतीबारे लुम्बिनी प्रदेशका सुरक्षा निकायबीच छलफल – Nepal Press

आगामी निर्वाचनका सुरक्षा चुनौतीबारे लुम्बिनी प्रदेशका सुरक्षा निकायबीच छलफल

रुपन्देही । निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका विषयमा लुम्बिनी प्रदेशका चार वटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको संयोजनमा बुधबार दिउँसो दाङमा बसेको बैठकमा समग्र प्रदेशको शान्ति सुरक्षाको अवस्थाका विषयमा समीक्षात्मक छलफल भएको जनाइएको छ ।

कार्यक्रममा प्रदेशमा रहेका सबै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो । बैठकमा सहभागी सबै सुरक्षा निकायका प्रमुखले आफ्नो क्षेत्रको जानकारी तथा आगामी रणनीतिबारे योजना प्रस्तुत गरेका थिए ।

उनीहरुले सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्नका लागि देखिने सुरक्षा चुनौतीका विषयमा छलफल गर्दै अपराध नियन्त्रणका लागि सूचना आदान–प्रदान गर्न समन्वयात्मक भूमिका बढाउने गरी छलफल गरेका छन् ।

बैठकमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) रबिन्द्र धानुक, सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) किशोर प्रधान, नेपाली सेनाको मध्यपश्चिम पृतनापति संजग थापा, राष्ट्रिय अनुसन्धान विभाग लुम्बिनी प्रदेशका निर्देशक सुनिलकुमार ढकाललगायत १९ नम्बर र नं २२ नम्बर बाहिनीपति पनि सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *