कठिन जित निकाल्दै किर्गियोस अस्ट्रेलियन ओपनको तेस्रो चरणमा – Nepal Press

कठिन जित निकाल्दै किर्गियोस अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

काठमाडौं । उगो हम्बर्टविरुद्ध कठिन जित निकाल्दै निक किर्गियोस अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा अस्ट्रेलियन किर्गियोसले घरेलु कोर्टमा हम्बर्टलाई ५–७, ६–४, ३–६, ७–६ (७–२), ६–४ को नजितामा पराजित गर्दै तेस्रो चरणमा विश्व नम्बर तीन डोनिनिक थिमसँगको भेट निश्चित गरेका हुन् ।

पहिलो चरणमा पोर्चुगिज खेलाडी फ्रेडेरिको फेरेरा सिल्भालाई ६–४, ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै किर्गियोस दोस्रो चरणमा आइपुगेका थिए । त्यस्तै हम्बर्टले पहिलो चरणमा जापानका यासुताका उचियामालाई ३–६, ४–६, ७–६ (७–३), ३–६ को नजितामा पराजित गरेका थिए ।

तेस्रो चरणमा किर्गियोसको सामना गर्ने थिमले दोस्रो चरणमा जर्मनीका डोनिनिक कोइफरलाई ६–४, ६–०, ६–२ को सोझो सेटमा पराजित गरेका थिए । किर्गियोस गत वर्ष चौथो चरणमा पुगेर बाहिरिएका थिए भने थिम फाइनलमा नोभाक जोकोभिचसँग पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *