एपिएफको सहज जितमा सावित्राको ६ गोल – Nepal Press

एपिएफको सहज जितमा सावित्राको ६ गोल

काठमाडौं । सावित्रा भण्डारीको ६ गोलप्रेरित सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा बुधबार चन्द्रपुर नगरपालिकालाई ८–० को नतिजामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै विभागीय महारथीलाई अग्रता दिलाएकी थिइन् ।

त्यसको ५ मिनेट नबित्दै सावित्राले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारेकी थिइन् । दुई गोल खाएपछि केहीबेर सम्हालिएको चन्द्रपुरविरुद्ध सावित्राले ३२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा एपिएफलाई ३–० को अग्रता दिलाएकी थिइन् ।

सावित्राले ४७औं मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन् । त्यसको सात मिनेट नबित्दै कप्तान अनिताले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौँ गोल गरेकी थिइन् ।

त्यसपछि सावित्राले ६०, ६२ र ७९औं मिनेटमा गोल गर्दै डबल ह्याट्रिक पूरा गरिन् । जितसँगै प्रतियोगितामा लगातार आठौं जित दर्ता गरेको लिग लिडर एपिएफले २४ अंक जोडेको छ ।

पराजित चन्द्रपुर समान ८ खेलबाट ६ अंकसहित तालिकाको छैठौं स्थानमा छ । जारी लिगमा एपिएफ क्लबले एक गोल पनि खाएको छैन भने ६५ गोल गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *