विश्व नम्बर दुई हालेप अस्ट्रेलियन ओपनको तेस्रो चरणमा – Nepal Press

विश्व नम्बर दुई हालेप अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

काठमाडौं । विश्व नम्बर दुई सिमोना हालेप अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छिन् । बुधबार भएको दोस्रो चरणको खेलमा अस्ट्रेलियन खेलाडी अज्ला तोम्लिजानोभिचलाई ६-४, ४-६, ५-७ को नतिजामा पराजित गर्दै दुई पटककी ग्राण्डस्लाम च्याम्पियन हालेप तेस्रो चरणमा पुगेकी हुन् ।

हालेपले पहिलो चरणमा अस्ट्रेलियाकै लिजेट काब्रेरालाई ६-२, ६-१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा आइपुगेकी हुन् । अज्ला जापानी खेलाडी मिसाकी डोइलाई ६-२, ६-१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी थिइन् ।

हालेपले तेस्रो चरणमा रुसी खेलाडी भेरोनिका कुडर्मेटोभासँग प्रतिस्पर्धा गर्नेछिन् । भेरोनिका रुसकै भारभरा ग्राचेभालाई ५-७, ६-२, ६-२ को नतिजामा पराजित गर्दै तेस्रो चरणमा आइपुगेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर