निर्वाचन आयुक्तलाई झलनाथको आग्रह: आधिकारिक पार्टी हेर्न भृकुटीमण्डप आउनुस् – Nepal Press

निर्वाचन आयुक्तलाई झलनाथको आग्रह: आधिकारिक पार्टी हेर्न भृकुटीमण्डप आउनुस्

काठमाडौं । विभाजित नेकपामा वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन आयोगका आयुक्तलाई आधिकारिक नेकपा हेर्न भृकुटीमण्डप आउन आग्रह गरेका छन् । आफूहरुको पार्टी नै आधिकारिक नेकपा भएको दाबी गर्दै उनले भने, तपाईंहरुले अलमल नगर्नुस्, आधिकारिक पार्टी हेर्न यहाँ आउनुस् ।’

विरोधसभालाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संवैधानिक कु गरेको भन्दै त्यसविरुद्ध तेस्रो जनआन्दोलन हुने चेतावनी दिएका छन् । उनले भने– २०६२/६३ को भन्दा पनि ठूलो जनआन्दोलनको आगो दन्कनेछ, त्यसले ओलीलाई समाप्त पार्नेछ ।

उनले नेपाली कांग्रेसलगायत अरु दल र नागरिक समाजलाई संयुक्त आन्दोलनको आग्रह पनि गरे । वैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गर्दै उनले दुई वर्षपछि हुने चुनावमा ओली नेतृत्वको पार्टीका उम्मेदवारको जमानत नै जफत हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर