रघुजी पन्त भन्छन् : पशुपतिनाथ गुहार्ने वीरेन्द्रको वंशनाश भयो, ओलीको के हुने हो ! (भिडियो) – Nepal Press

रघुजी पन्त भन्छन् : पशुपतिनाथ गुहार्ने वीरेन्द्रको वंशनाश भयो, ओलीको के हुने हो ! (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले पशुपतिनाथमा गएर पूजाआजा गरेको विषयलाई लिएर प्रधानमन्त्री केपी ओलीमाथि कडा प्रहार गरेका छन् । उनले नबोल्ने पशुपतिनाथलाई होइन बोल्ने पशुपतिनाथलाई खुशी बनाउन सुझाव दिए ।

पार्टीद्वारा राजधानीमा आयोजित विरोधसभामा पन्तले भने, ‘राजा वीरन्द्रले सधैँ पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने गर्थे । तर, उनको वंश नाश भयो । राजा ज्ञानेन्द्रले पनि त्यही भन्ने गर्थे । उनी नारायणहिटीबाट नागार्जुन लखेटिए । अब ओलीजीलाई पशुपतिले के कृपा गर्ने हो हेर्न बाँकी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर