‘फटाह फणिन्द्रे’मा सुष्मा र छुल्ठिमसँग कर्माले रोमान्स गर्ने – Nepal Press

‘फटाह फणिन्द्रे’मा सुष्मा र छुल्ठिमसँग कर्माले रोमान्स गर्ने

काठमाडौँ । अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन् । अरुण खड्काको निर्माण एवं निर्देशन रहने फिल्मको उनी मुख्य भूमिकाको लागि छनौट भएका हुन् । मंगलबार जन्मदिनको अवसर पारेर निर्माता खड्काले फिल्मको मुख्य भूमिकाको लागि कर्मासँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेको हो ।

केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भूमिकाको लागि यस अगाडि सुष्मा कार्की चयन भएकी थिइन् । फिल्मको अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् । श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर हुन् ।

विक्रमसिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र इश्वरलाला सिंकेमनको छायाँकन रहनेछ । उत्तम केसीको कथा रहेको फिल्ममा पट्कथा, संबाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ ।

यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्म निर्माणको सिलसिलामा आफूले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’ मा निर्देशक मार्फत खन्याउन लागेको खड्काले बताए ।चैतको पहिलो साताबाट छायाँकन सुरु हुने फिल्म क्राइम थ्रीलर र रोमान्टिक ड्रामा विधामा आधारित हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *