प्रचण्ड–माधव पक्षको जुलुस शुरु नहुँदै ट्राफिक अस्तव्यस्त – Nepal Press

प्रचण्ड–माधव पक्षको जुलुस शुरु नहुँदै ट्राफिक अस्तव्यस्त

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले गर्न लागेको जुलुस शुरु नहुँदै काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । काठमाडौंको ‘कोर सडक’ मा मोटरसाइकल बाहेक अन्य सवारी साधान चल्न सकेका छैनन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार भाडाका गाडीहरुलाई जावलाखेल, तीनकुने, महाराजगन्जलगायत स्थानमै रोकिएको छ । जुलुसमा सहभागी हुनेहरुलाई बाहिरी जिल्लाबाट लिएर आएका ठूला बसलाई पनि चक्रपथ बाहिरै रोकिएको छ ।

उपत्यकाका सबै ट्राफिक प्रहरीलाई सडकमा उतारेर यातायात व्यवस्थापन गर्न खोजिए पनि सम्भव भएको छैन । सडकमा सवारी जाम छ भने कार्यालय जान हिंडेकाहरु बाटोमै अलपत्र परेका छन् ।

धोबीखोला कोरिडोरलगायतका वैकल्पिक भित्री सडकमा समेत जाम भएको छ । महानगरीय प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बिहान ९ नबज्दै जाम शुरु भएको बताए ।

विभिन्न जिल्लाबाट काठमाडौंमा आएका प्रदर्शनकारीहरु पार्टी प्यालेस र होटलबाट निस्किएर साना साना समूहमा सडकमा आउन थालेपछि जाम शुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर