लागूऔषध कारोबारीको हव बन्दै सुर्खेत – Nepal Press

लागूऔषध कारोबारीको हव बन्दै सुर्खेत

सुर्खेत । कर्णलीको राजधानी सुर्खेत लागूऔषध कारोबारीको हव बन्दै गएको प्रहरीको पछिल्लो तथ्यांकले संकेत गरेको छ । औषधको हव बन्दै गइरहेको छ । अघिल्ला आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा धेरै लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तीका अनुसार चालू आर्थिक वर्षको माघ २७ गतेसम्म लागु औषध कारोवारी गरेको आरोपमा ६ जना महिलासहित ४२ जना पक्राउ परिसकेका छन् । प्रहरीले यस वर्ष २० वटा मुद्दा दर्ता गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ३५ मुद्दा प्रहरीले दर्ता गरेको थियो । त्यतिबेला ५ महिलासहित ५६ जना पक्राउ परेका थिए ।

आर्थिक वर्ष ०७५/०७६ मा ७४ वटा लागुऔषध सम्वन्धी मुद्दा प्रहरीले दर्ता गरेको थियो । जुन मुद्दामा ११५ पुरुष तथा १४ महिला पक्राउ परेका थिए । प्रहरीले उनीहरुको साथबाट व्राउनसुगर, चरेश, गाँजा, नाइट्रोसन बरामद गरेको थियो ।

आर्थिक वर्ष ०७६/०७७ मा प्रहरीले ५४ वटा मुद्दा दर्तागरेकोमा ९ महिलासहित ८९ जना पक्राउ गर्‍यो । उनीहरुबाट व्राउनसुगर, चरेश, गाँजा, नाइट्रोसन, कोरेकस बरामत भयो ।

‘हामीले सकेसम्म लागुऔषध कारोवार नहोस भनेर टिम नै परिचालन गर्दै लागु औषधमुक्त सुर्खेत बनाउन लागि परेका छौं,’ डीएसपी घर्ती भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर