एट्लेटिकोसँग दूरी घटाउँदै रियल मड्रिड – Nepal Press

एट्लेटिकोसँग दूरी घटाउँदै रियल मड्रिड

एजेन्सी । सान्टियागो बर्नबाउमा गेटाफेमाथि २–० गोलको सहज जित निकाल्दै यिल मड्रिड स्पेनिस ला लिगाको दोस्रँे स्थानमा उक्लिएको छ । जितसँगै उसले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी पनि केहि कम गरेको छ ।

साविक विजेता रियलले नयाँ सिजनको सुरुआतमा ९ जना सुरुआती टिमका खेलाडीलाई इन्जूरी तथा प्रतिबन्धका कारण गुमाएको थियो । त्यसैले उसको सुरुआत नै कमजोर र कठिन बन्यो ।

करिम बेन्जिमाले हेड गोलमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनको यो २७ खेलमा १६ औं गोल हो । डिफेण्डर फरल्याण्ड मेन्डीले अर्को गोल थपेपछि रियलले सहज विजय पायो ।

रियल अझै पनि एट्लेटिको भन्दा ५ अंकले पछि छ । रियलको २२ खेलबाट ४६ अंक भएको छ । २ खेल कम खेलेको एट्लेटिकोको ५१ र एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक छ ।

गेटाफेबिरुद्ध इडेन हाजार्ड, फेडेरिको भाल्भर्डे, टोनी क्रुस, अल्भारो ओडजियोजाला, कप्तान सर्जियो रामोस पनि अनुस्थित थिए ।

प्रशिक्षक जिनेदिन जिदानलाई मैदानमा ३–४–३ को असहज फर्मेसनमा खेलाउनुपरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर