दोस्रो लेग बराबरी खेले पनि कोपा इटालियाको फाइनलमा पुग्यो युभेन्टस – Nepal Press

दोस्रो लेग बराबरी खेले पनि कोपा इटालियाको फाइनलमा पुग्यो युभेन्टस

एजेन्सी । इन्टर मिलानमाथि दोस्रो लेगमा गोलरहित बराबरी खेले पनि समग्रमा २–१ को नतिजासहित युभेन्टस लगातार दोस्रो पल्ट कोपा इटालियाको फाइनलमा पुगेको छ ।

पहिलो लेगमा मिलानको होममा २–१ को जित निकालेको युभेन्टसले घरेलु मैदानमा खेलको अन्त्यतिर निकै नै दवावका साथ खेल्नुपरेको थियो ।

मिलानका लागि रोमेलु लुकाकु र अचरिफ हाकिमीले दुई सुवर्ण अवसर खेर फालेपछि युभेन्टसको फाइनल यात्रा निश्चित बनेको हो । क्रिष्टियानो रोनाल्डोको दुईवटा शानदार प्रहार मिलानका गोलरक्षक समीर ह्याण्डोवीचले बचाएका थिए ।

गत साता भएको पहिलो लेगमा इन्टर मिलानले घरेलु मैद्यानमा लाउटारो मार्टिनेजको गोलमार्फत अग्रता बनाए पनि त्यसयता रोनाल्डोले २ गोल गरेका थिए ।

युभेन्टसले उपाधिका लागि एटालान्टा र नापोलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । उनीहरु बुधबार खेल्दैछन्, पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

फाइनल मे १९ मा हुनेछ । गत संस्करणको फाइनलमा नापोलीले युभेन्टसलाई पेनाल्टी शुटआउटमा पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *