संरक्षक गुमाएपछि बिचल्ली परेका धादिङका बालबालिकालाई सहयोग – Nepal Press

संरक्षक गुमाएपछि बिचल्ली परेका धादिङका बालबालिकालाई सहयोग

धादिङ । संरक्षक गुमाएपछि बिचल्लीमा परेका धादिङको वेनिघाट रोराङ गाउँपालिका -३ खानीगाउँका ८ बालबालिकालाई प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले गैर खाद्यसामाग्रीहरु सहयोग गरेका छन् ।

तीनकन्या वागेश्वरी आधारभूत बिद्यालयमा पढिरहेका दुई परिवारका ८ जना बालबालिकालाई सहयोग गर्न कार्यवाहक अध्यक्ष बुढाथोकी र काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल सोमबार विद्यालयमै पुगेका थिए ।

प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष पदमा वहाल भएपछि सो वापत पाउने मासिक पारिश्रमिकको १० प्रतिशत सामाजिक हितका काममा खर्च गर्ने प्रतिबद्धता अनुसार आफुले संरक्षक गुमाएका बालबालिकालाई सहयोग गरेको अध्यक्ष बुढाथोकीले बताए ।

बुढाथोकीले ८ जना बालवालिकाको लागि विद्यालय पोशाक, झोला, ज्याकेट, जुत्ता, ओढ्नका लागि व्ल्याङकेट लगायतका गैर सामाग्री सहयोग गरेका हुन ।

यसैगरी गजुरी गाउँपालिका घर भई काठमाडौंमा बस्दै आईरहेकी रिता अधिकारीले पनि ती वालबालिकालाई ट्रयाकसुट, टोपी, झोला सहयोग गरेकी छिन ।

घर नजिकैको विद्यालयमा पढ्दै आईरहेका ४ वर्षीय सिर्जल प्रजा, ५वर्षीया आक्रोसी र १० वर्र्षीया रोशिका प्रजाको बाबुले दुई बर्ष अघि झुण्डिएर आत्महत्या गरे श्रीमानले आत्महत्या गरेको केही महिनापछि श्रीमती ३ वटा बच्चालाई छाडेर अर्कैसंग विहे गरेर हिंडेपछि बालबालिकाको विजोग भएको हो ।

बाबु आमा दुवै नभएका उनीहरु मावली घरमा सहारा लिएर बसिरहेका छन । उनीहरुका हजुरबुबा र हजुर आमा दुवै बृद्ध भईसकेका छन् ।

सिर्जल इसिडिमा आक्रोशि १ कक्षामा र रोशिका ४ कक्षामा पढिरहेका छन् । उनिहरु सबैको पढाई राम्रो रहेको र रोशिका विद्यालय टप भएको प्रधानाध्यापक जंगवहादुर लोहनीले बताए ।

यसैगरी विद्यालयको इसिडिमा पढ्ने ३ वर्षीया गंगा र जमुना कक्षा १ मा पढ्ने ५ वर्षका सानुकान्छा, कक्षा २ मा पढ्ने १० वर्षका दावा र कक्षा ३ मा पढ्ने ११ बर्षकी गिता मगरको आमाले डेढ वर्षअघि झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

श्रीमतीको मृत्युपछि बालबालिकाका बाबुले अधिक रक्सि सेवन गरेर छोराछोरीको बास्ता गर्न छाडेपछि उनीहरु बिचल्लीमा परेका हुन । पाँच जना बालबालिका निकै बुढाबुढी भईसकेका हजुरबा हजुरआमाको संरक्षणमा बस्दै आईरहेका छन् ।

एउटै गाउँका ८ जना बालबालिकाको नाजुक अबस्थाका बारेमा विभिन्न संचार माध्यममा समाचार आउन थालेपछि फरक फरक संस्था र सहयोगी दाताहरुले ति बालबालिकाको लागि सहयोग उपलव्ध गराईरहेका छन् ।

यस अघि गत हप्ता हिमालय च्यारिटीज नेपाल (एचसिसि)ले धादिङ स्थित फण्डकिड नेपाल संस्था संग समन्वय गरि संरक्षक विहिन बालवालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री, खाद्यान्न सहयोग उपलव्ध गराएको थिए ।

केशव अधिकारी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर